सरकारसँग २४ लाख डोज खोपको तथ्यांक छैन - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

सरकारसँग २४ लाख डोज खोपको तथ्यांक छैन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ । २४ लाख डोज खोपको तथ्यांक नरहेको भन्दै सरकारको आलोचना भइरहेका बेला सोमबार मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको हो ।

२१ माघ अपरान्ह ४ बजेभित्र कोरोनानभाइरसविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण बुझाउन मन्त्रालयले निर्देशन दिएको हो । माघ १६ गते मन्त्रीस्तरीय निर्णय अनुसार कोभिड१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन समिति गठन भएको थियो ।

सो समितिको पहिलो बैठकले ७ वटै प्रदेशका स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रलाई कोभि१९विरुद्धको मौज्दाता र खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस २ प्रणालीमा प्रविष्ट गर्न सूचना जारी गरेको छ ।