रेखा थापाले गरिन कोर्ट म्यारिज - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

रेखा थापाले गरिन कोर्ट म्यारिज


काठमाडौं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको रेखा निकटले बताएका छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाहीसंग उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए । नरेश पौड्याल निर्देशित चलचित्र हिरोबाट चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायतका चलचित्रमा अभिनय गरेकी छन् । नायिका थापा पछिल्लो राजनीतिमा पनि सक्रिय छिन् ।

यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् । गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थापा पराजित भएकी थिइन् ।