साहित्यकार डा.तारानाथ शर्माको निधन - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

साहित्यकार डा.तारानाथ शर्माको निधन


काठमाडौं । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ ।

‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, ब्याकरणसहितका एक सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।

शर्माले ‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको थियो ।

लामो समयदेखि डिमेन्सिया (विस्मृति समस्या)रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको समस्या थियो । उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिंदैछ । शर्माका २ छोरा र श्रीमती छन् ।

"