कांग्रेसका १० भ्रातृ संगठन भंग - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

कांग्रेसका १० भ्रातृ संगठन भंग


काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठनहरू विघटन गरेको छ। विघटन गरिएको संगठन १० वटा छन् । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन विघटन गरेको डा.प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ । बैठकले म्याद सकिएका भ्रातृ संगठनको केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको उनले बताए । अब नयाँ तदर्थ समिति गठनको अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ।

कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, आदिवासी जनजाति संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ, नेपाल ठाकुर समाज, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।

बैठकले भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूको विधान पारित गरेको छ । विधान पारित भएपछि नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ। तरुण दलमा पनि ४५ वर्षे उमेर हद लागु भएको छ।