एफएलएफ अवार्ड प्रदान - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

एफएलएफ अवार्ड प्रदान


काठमाडौं । लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पुर्वगृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बु फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ ।

लिम्बु म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बु, गायिका मिलन नेवार, नायक (मोडल) विशाल सेनेहाङ, नायिका (मोडल) रुपा आङबुहाङ, गीतकार विष्णु इङनाम, संगीतकार संगम लिम्बु र छायांकनमा इशक जबेगुले अवार्ड प्राप्त गरे ।

त्यस्तै नवनायकमा सन्जिब थेबे र नव नायिकामा विमला खजुम उत्कृष्ठ ठहरिए । त्यसैगरी लिम्बु पालाम विधातर्फ गायक जीवन केदेम, गायिका मनु नेम्वाङ, नायक (मोडल) भीम थेबे, नायिका (मोडल) लक्ष्मी योङहाङ, गीतकार रिता ठूली फोम्बो, संगीतमा तेज मेन्याङबो, छायांकनमा युवराज राई र निर्देशनमा हाङ चेम्जोङले अवार्ड पाउन सफल भए ।

वर्षको सबैभन्दा बढी म्युजिक भिडियो निर्देशन गर्ने उत्कृष्ट एवम् सफल (ब्रेक थ्रो) अवार्ड निर्देशक लोकेन साँवाले प्राप्त गरे भने उत्कृष्ट भिडियो आन्छि मिम आफाल्ले मेसिनेन, उत्कृष्ट संस्कृति भिडियो मुकुम्लुङ, डायसपोरा अवार्ड हेमराज अन्छाङ्बो, एप्रिसिएसन अवार्ड नरेश लिम्बु र उत्कृष्ट मातृभाषा गायनमा डिआर हाङसरुम्बाले हात पारे ।

फाल्गुनन्द लिङदेन फिल्मस आयोजक रहेको यस कार्यक्रममासफल निर्देशक दिपाश्री निरौलालाई एफ.एल.एफ. विशेष सम्मान गरिएको थियो भने यासेली योङहाङ र बिनोद सेरेङलाई जुरी सम्मान गरिएको थियो । कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट निर्माता निर्देशक तथा गायक हस्त लिबाङलाई प्रदान गरिएको थियो । कार्यक्रममा मिलन नेवार, रुकसना लिम्बु, विशाल सेनेहाङ, नुमा शेर्पा, मनिषा राईको प्रस्तृति रहेको थियो भने कलाकार तथा मुन्धुमविद यासेली योङहाङले कार्यक्रम संचालन गरेका थिए ।