रेबानको अध्यक्षमा अरनिको राजभण्डारी पुनः चयन - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

रेबानको अध्यक्षमा अरनिको राजभण्डारी पुनः चयन


काठमाडौं । रेष्टुरेण्ट तथा बार एशोसिएसन (रेबान)को ३१ ओैँ वार्षिक साधारण सभाबाट अध्यक्षमा अरनिको राजभण्डारी पुनः चयन भएका छन् ।

सोमबार सम्पन्न सभाले रेबानको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा संघर्ष विष्ट र उपाध्यक्षहरु भीमसेन भुजेल (पोखरा) र गोकर्ण गिरी चयन भएका छन् । यस्तै, महासचिवमा एकराज अधिकारी, कोषाध्यक्ष नरेश ध्वज श्रेष्ठ, सचिवमा उद्वव ढकाल, सहकोषाध्यक्ष नृपेश श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अनुप लाल कक्षपति, बिष्णु बहादुर कार्की, नरेश गिरी, रितेज नाथ श्रेष्ठ, लक्ष्मण बराल, दिपेन्द्र खतिवडा, शरद दाहाल, विप्लव भट्ट, गुणराज श्रेष्ठ, सचिन कर्माचार्य र गणेश बहादुर ढकाल निर्वाचित भएको रेबानले जनाएको छ ।