एमसीसी संसदबाट पारित - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

एमसीसी संसदबाट पारित


काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित भएको छ । प्रतिनिधि सभाको आइतबार राति सम्पन्न दोस्रो पटकको बैठकले एमसीसीलाई बहुमतले पारित गरेको हो । त्यसअघि मन्त्रिपरिषदको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणा ल्याएको थियो ।

आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणासहित तयार पारेको एमसीसीसी पारित गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए।

शर्माले संसदको आइतबारको पहिलो बैठकमा एमसीसीमाथि छलफल प्रस्ताव राखेका थिए। दोस्रो बैठकमा पनि उनैले सम्झौता अनुमोदन प्रस्ताव गरेका थिए। एमसीसीका विरुद्ध सडक र सदनमा विरोध प्रदर्शन भएको थियो ।

आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदनको निर्णय लिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक फागुन १८ गते बस्ने भएको छ। तस्बिर : गोविन्द परियारको फेसबुकबाट

"