८० दलले चुनावमा भाग लिने, दुई करोड मतपत्र छपाउने - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

८० दलले चुनावमा भाग लिने, दुई करोड मतपत्र छपाउने


काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिएको जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छपाउने तयारी पनि गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले सोमबार नियमित पत्रकार भेटमा उक्त कम्पनीसँग रु ११ करोडमा कागज खरिदका लागि सम्झौता भएकामा महिना अवधिभित्र उपलब्ध सर्त रहेको जानकारी दिएको छ । स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीति दलको विवरणका आधारमा उम्मेदवार सङ्ख्या आँकलन गरी कति प्रकारका मतपत्र छपाउने भन्ने विषय टुङ्गोमा पुग्न भने बाँकी नै छ ।

त्यस्तै स्थानीय तह निर्वाचनमा सहभागी हुन ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८० वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । आयोगमा १११ वटा राजनीतिक दल दर्ता छन् । जसमा ८० वटा दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् ।

आयोगले फागनु ५ देखि १५ गते आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । आयोगका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग दिन निवेदन दिएका छन् ।