होण्डाको एक्स्चेन्ज क्याम्प फागुन २२ गतेदेखि - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

होण्डाको एक्स्चेन्ज क्याम्प फागुन २२ गतेदेखि


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यहि फागुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

एक्स्चेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् । ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथ ैप्रचलित बजार मूल्य भन्दा रु. ७००० अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्नेछन् । क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरु विस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रिनम्बरमा कल गर्न सकिनेछ छ ।