रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानमा १८ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार सवार १९ मध्ये एक जनाको उपचार भइरहेको छ भने बाँकी सबैको मृत्यु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । गत असार ३१ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन् ।
उपसभामुख ईन्दिरा रानामगर विवादमा आएकी छिन । उनका कतिपय अभिव्यक्ति गैरजिम्मेवारपूर्ण देखिएका छन् । केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको उनले खण्डन गर्ने क्रममा गैरजिम्मेवारपूर्ण तर्क गरेकी हुन् ।
बालुवाटारस्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । विशेष अदालतले गरेको फैसलाविरुद्ध आयोग सर्वोच्च अदालत जाने भएको हो । विशेषले २०८० फागुन ३ गते फैसला सुनाउँदा लिएका कतिपय आधारहरू त्रुटिपूर्ण रहेको ठहर गर्दै आयोग सर्वोच्च जान लागेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।"
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हुँदासम्म बेवास्ता गरेको समाजवादी मोर्चा व्युँताउने तयारी भएको छ ।नेपाली कांग्रेससँगको गठबन्धनका बेला प्रचण्ड सरकारलाई टिकाउन प्रयोग भएको समाजवादी मोर्चा सत्ता बाहिर आएपछि ब्युँताउने तयारी भएको हो ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । शपथ ग्रहणको पहिलो चरणमै सबै मन्त्रीहरुको शपथ भएको हो । संविधानअनुसार बढीमा २५ जना सम्मको मन्त्रिपरिषद् हुनेछ । तर पहिलो चरणमै मन्त्रालय पूर्ण गरेर २२ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ ।