रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अदालतको निर्णय राजनीतिक पार्टी भित्रको आन्तरिक किचलोको समाधानका लागि कसरी प्रभावकारी हुन सक्दछ ? त्यो हेर्न बाँकी नै छ ।
सभापति गगन थापाको नेतृत्वको कार्य समितिभित्र कांग्रेसका सिनियर र पार्टी संचालन गर्नसक्ने अनुभवी नेताहरुको ठूलो हिस्सा बाहिरै रहेकोछ ।
यो १०० रुपियाँको मात्र सामान ल्याउने हदबन्दी नेपालमा पहिलो पटक लागुभएको होइन । यसअघि, पंचायती व्यवस्थाकालमा पनि हदबन्दी लगाउने गरिएको थियो । त्यस समयमा पनि १०० रुपियाँ कै हदबन्दी थियो ।
महिलालाई अधिकार दिने सम्बन्धमा २०१७ साल साउन ७ गते महासभा, जसलाई अहिले राष्ट्रियसभा भनिन्छ, मा एउटा विधेयक पेश भएको थियो ।
एक्काइसौँ शताब्दीको भौतिक दौडमा मानिसले दिनप्रतिदिन आफ्नै कर्तव्य बिर्सदै गएका छन । सन्तानले मातापिताप्रति निर्वाह गर्नुपर्ने कर्तव्य, शिष्यले गुरुप्रति देखाउनुपर्ने श्रद्धा र नागरिकले राज्यप्रति बोक्नुपर्ने जिम्मेवारी, यी सबै शब्दहरू मानिसको चेतनाबाट क्रमशः हराउँदै गएका छन् ।
नेपालमा सेप्टेम्बर ८ र ९ मा जे घटित भयो, त्यो पनि अमेरिकी सेप्टेम्बर ११ भन्दा कम थिएन । “यूं होता तो क्या होता” हेरेकाहरुले लख काटिसकेको हुनुपर्छ, यो लेखको आरम्भ त्यही सिनेमाबाट किन हुँदैछ ?
प्रधानमन्त्रीका रुपमा बालेन साहको अहिलेसम्मको कार्यशैलीहेर्दा काठमाडौका मेयरका रुपमा तत्काल निर्णयगर्ने अभ्यासमा हुर्केका उनले आफनो शैली छाडेका छैनन ।
निर्दलीय निरंकुश पन्चायत ब्यबस्थाकालमा नेपाली कांग्रेस प्रतिबन्धित रहेको अवस्थामा ज्यान हत्केलामा राखेर लिएको पार्टीको सदस्यता कुनै नेताको महत्वाकांक्षा, आवेग, उत्तेजना र लहडका भरमा खारेजहुने विषय होइन । यो सदस्यता कुनै नेताको हारजीतसंग होइन, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र शहीद परिवारको सम्मानसंग जोडिएको ऐतिहासिक ‘निस्सा’ हो ।