रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको हो । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको दुई महिना वितेको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । उनी मुलुकको ४२ औं प्रधानमन्त्री बनेका थिए।
सभामुख अग्नि सापकोटाले संघीय संसद, प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको असहमतिका कारण उत्पन्न गतिरोध अन्त्य गरी सदन सुचारू गर्न र विधायिकी कार्य अघि बढाउनका लागि छलफल गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग सम्पर्क गर्न प्रयास गरेको भएपनि सफल नभएको बताएका छन् ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ग्राहकहरु माझ ल्याएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेकपाले अमेरिकी परियोजना एमसीसीको विरोधमा काठमाडौंको सडकमा विरोध प्रदर्शन गरेको छ । विप्लव भूमिगत अवस्थाबाट सार्वजनिक भएपछि पहिलो पटक सडकमा आयोजित विरोध कार्यक्रममा निस्किएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरा लगायतका जिल्लामा बलपूर्वक र लोकतान्त्रिक मान्यता विपरीत गरिएका १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन पुनः गर्न माग गरेको छ ।
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने नेपाल भ्रमण सकेर फर्किएका छन् । नेपाली राजनीतिक दलको धारणा जे जस्तो रहेपनि उनी एमसीसी सम्झौता अनुमोदन हुनेमा आशावादी रहेरै उनीहरु फर्किए ।
सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ ।