रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम ल्याइएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ"
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाई गर्नुहुँदैन् ।’
विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा।टेड्रोस अधानोम गेब्रियेससले कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा तत्काल नलगाउन आग्रह गरेका छन् ।"
गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् पूर्णता दिन नसकिरहे पनि सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ।"
नेकपा एमालेको माधवकुमार नेपाल पक्ष गम्भीर मोडमा पुगेको छ । सरकारमा सहभागी हुने वा एकता जोगाएर संगठित हुने भन्नेमा नेपाल पक्ष अनुत्तरीत छ ।