रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको करिब १८ महिना पुग्यो । यसबीचमा दुईवटा सरकार बने । केपी ओली नेतृत्वको सरकार रहँदा फैलिएको संक्रमण शेरबहादुर देउवा नेतृत्व आइसक्दा विकराल बनिरहेको छ ।
नेपाली फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ ।
विभाजनको अवस्थामा रहेको नेकपा एमालेलाई एकताको प्रयास भइरहेका बेला अध्यक्ष केपी शर्मा ओल पक्षले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाइपास गर्दै नयाँ नयाँ निर्णय गरिरहेको छ । शनिबार र आइतबार चलेको स्थायी कमिटी बैठकले साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक र भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ ।
व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएर मन्त्री बनेका उमेश श्रेष्ठले पदभार ग्रहणपछि करिब १० दिन चर्को आलोचना खेपे । प्रधानमन्त्री शेर बहादुर देउवा र पत्नी अरजु रणाको नाम समेत जोडेर श्रेष्ठको चर्को विरोध भयो ।
गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा एक नेपाली युवा तुइनबाट खस्दा बेपत्ता भएको जानकारी राष्ट्रिय सभाको बैठकमा दिएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण आइतबार दिनभर निर्देशन दिनमै ब्यस्त भए । बेग्ला बेग्लै बैठकहरुमा उनले देशमा देखिएका समस्याहरुका बारेमा जानकारी लिंदै निर्देशन दिएका छन् । उनले पहिलो प्राथमिकतामा तुइनलाई दिएका छन् । देशभर संचालनमा रहँदै आएका तुइन हटाउन उनको निर्देशन थियो ।
नेपाली कांग्रेसका तीन नेताले संबैधानिक बाध्यतालाई ख्यालमा राखेर पार्टीको १४औं महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमानसिंहबीच भएको भेटवार्तामा महाधिवेशन केन्द्रीत छलफल भएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई खोपको वचनमात्र नदिएर काममा ध्यान दिन सुझाव दिएका छन् ।