रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान अपिल गरेको छ । हालसम्म सेवा बन्द गर्ने विषयमा सरकारले औपचारिक निर्णय नगरेको भए पनि स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढेकाले विद्यालय नजान सचेत गराएको हो ।
कोरोना भाइरस संक्रमितको नेपालमा फेरि बढ्न थालेको छ । दैनिक मृतकको संख्या थपिने क्रम छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो जेठ–असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने जनाएको छ ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने विचार उनले विचार राखे ।
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्याशी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन्।
काठमाडौं सहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ ।