‘सहकारीमा समस्या आयो भनेर डराउनु पर्दैन, समाधान हुन्छ’
- रुपान्तरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन् । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको उनले बताए । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गरे ।"