एनआरएनए प्रमुख निर्वाचन आयुक्तले दिए राजीनामा
- रुपान्तरण
गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भएको छ । दशौं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको अघिल्लो दिन, शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएपछि डिसेम्बर अन्तिम साताका लागि तय गरिएको संघको निर्वाचन अनिश्चित भएको हो ।