शेयर बजारमा सेटिङ मिलाएर कारोबार!(११ बुँदे निर्देशनसहित)
- रुपान्तरण
अर्थमन्त्री जनार्दन शर्माले नेपालको शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको दाबी गरेका छन् । पुँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गरे ।
बुधबारबाटै पुँजीबजार सुधार नयाँ ढंगबाट अघि बढाउन पनि उनले निर्देशन दिए ।"