कोरोना संक्रमण दर बढ्दै गएपछि जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ । चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले एक ट्वीटमार्फत जानकारी गराएको छ ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम बढेको छ । चीनमा ४० जना नयाँ संक्रमित भेटिएपछि चीन सरकारले फेरि संक्रमण फैलनसक्ने चेतावनी दिएको छ ।
भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् ।
विश्वभर कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६ सय ८० जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनकै निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका हुन् ।
विश्वका अधिकांश मलुकले बहुविवाहलाई गैरकानुनी मानिरहेका बेला दक्षिण अफ्रिकामा भने महिलाहरूले पनि धेरै श्रीमान् राख्न पाउने प्रस्ताव ल्याइएको छ ।
भारतमा कोरोना संक्रमणबाट १३ सय बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा १ हजार ३२९ को मृत्यु भएको बीबीसीले जनाएको छ । यो सँगैं भारतमा हालसम्म ३ लाख ९३ हजार बढीले संक्रमणबाट ज्यान गुमाएका छन् ।
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ ।