विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा।टेड्रोस अधानोम गेब्रियेससले कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा तत्काल नलगाउन आग्रह गरेका छन् ।"
कोरोना संक्रमण दर बढ्दै गएपछि जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ । चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले एक ट्वीटमार्फत जानकारी गराएको छ ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम बढेको छ । चीनमा ४० जना नयाँ संक्रमित भेटिएपछि चीन सरकारले फेरि संक्रमण फैलनसक्ने चेतावनी दिएको छ ।
भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् ।
विश्वभर कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६ सय ८० जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनकै निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका हुन् ।
विश्वका अधिकांश मलुकले बहुविवाहलाई गैरकानुनी मानिरहेका बेला दक्षिण अफ्रिकामा भने महिलाहरूले पनि धेरै श्रीमान् राख्न पाउने प्रस्ताव ल्याइएको छ ।
भारतमा कोरोना संक्रमणबाट १३ सय बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा १ हजार ३२९ को मृत्यु भएको बीबीसीले जनाएको छ । यो सँगैं भारतमा हालसम्म ३ लाख ९३ हजार बढीले संक्रमणबाट ज्यान गुमाएका छन् ।