कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो
- एजेन्सी
विश्वभर कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६ सय ८० जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।