काठमाडौँको चर्पी हो नुवाकोट ?
-
स्थानीय तहको निर्वाचन, २०७९को परिणामसँगै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरुको आगमन भयो । सोही क्रममा काठमाडौं महानगर र ककनी गाउँपालिकाले नयाँ अनुहारका प्रतिनिधि पायो भने धुनेबेसीमा पुरानैले निरन्तरता पाए । त्यसअवधिमा बञ्चरे डाँडामा फोहोरमैला विसर्जन गर्ने सवाललाई लिएर आन्दोलन चर्कँदै गयो । नवनिर्वाचित प्रमुख उपप्रमुखले एउटा समझदारी गरेर सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर आन्दोलन मत्थर पार्ने प्रयत्न गरे । तर त्यसपछि पनि आन्दोलन थप चर्किदै गयो ।"""