जसको आवाज सिंहदरबारले सुन्दैन्, अदालत बोल्दैन्
- रुपान्तरण
पछिल्ला केही दिन काठमाडौं भृकुटीमण्डपको माहोल अलिक भिन्न छ । जहाँ तीन साता पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज र लघुवित्त पीडित जनताको क्रन्दन चर्को रूपमा सुन्न पाइन्छ । उनीहरू निरन्तर संघर्षमा छन् । सडक आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डकै एक किनारामा केही व्यक्ति आमरण अनसनमा छन् । उनीहरू कहिले माइतीघर मण्डला, कहिले रत्नपार्कको शान्तिवाटिकामा धर्नासँगै आमरण अनशनमा छन् ।"