जाजरकोट र रुकुमको भुईंचालो : असंवेदनशील प्रधानमन्त्री प्रचण्ड
- किशोर नेपाल
भूकम्पको छ महिना बिती सकेको छ । तर, जाजरकोट र रुकुमका जनताले आफनो घरको ठेगाना भेट्न सकेका छैनन । भुईंचालो गएका समयमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्ड अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा संघीय राजनीतिको केन्द्रमा लटकिइ रहनु भएको छ । उहाँलाई सरकार टिकाउने सूत्र खोज्दैमा फुर्सद छैन ।"