नेपाली जनताले नेपाली सेनाबाट सुरक्षा खोजेको हो । राजनीतिक ‘संरक्षण’ खोजेको होइन । नेपाली जनता राष्ट्रिय सेनाको सम्मान गर्दछन । तर, जनता यो सार्वभौम देशको मालिक हुन ।
रसुवा गढी नाकाको किनारमा बहने लेन–दी खोला यतिबेला निकै चर्चामा छ । २०८२ असार २४ गते तिब्बतमा हिमताल फुटेपछि लेन–दी खोलामा आएको बाढीले रसुवागढी क्षेत्रलाई ठूलो हानी पुर्यायो ।
‘रोमान्टिक रेभोलुशनरी’ सन पचासको दशकका एशिया र युरोपका बुध्दिजीवीहरु वीपीलाई यसरी नै चिन्दथे ।
सरस्वती सदनको निर्माणपछि काठमाडौका भब्य दरवारहरुकोे निर्माणमा प्रयोगहुँदै आएका चुन, सुुर्की, खुदो र भूसको युग समाप्त भयो । सरस्वती सदन अहिले पनि घण्टाघर र त्रिचन्द्र कलेजको गौरवका रुपमा खडा रहेकोछ ।
काठमाडौँ महानगरपालिकाका निर्वाचित पदाधिकारीहरू बीचको द्वेष र द्वन्दले महानगर प्रशासन अन्योलमा परेकोछ । विधि, विधान र नियम सम्मत तवरले अगाडि बढ्नुपर्ने निकायलाई पदाधिकारीहरुले आफु अनुकुल संचालन गर्नखोज्दा यस्तो परिस्थिति सिर्जना भएको हो ।
अन्ततः नेपाल सरकारले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलाई पदमुक्त गरेर आफनो ‘शक्ति’ प्रदर्शन गर्यो ।
नेपालीले आफूलाई सँधै स्वाभिमानी देशका रुपमा प्रस्तुत गर्दै आएकोछ । तर, परराष्ट्र मन्त्री डा. आरजुराणा देउवाले अहिलेसम्म ट्रम्पका अभिब्यक्तिमा प्रतिक्रिया दिनु भएको छैन । उहाँको मौनता अचम्म लाग्दोछ ।
प्रजातन्त्र दिवस मनाउन सरकार भन्दा एकपाइला अघि सरेर एउटा सुपरिचित टेलिभिजन च्यानल मार्फत ‘पूर्व–राजा’ ज्ञानेन्द्र शाहले ‘प्रजातन्त्रले नागरिकको बिश्वास जित्न नसकेको’ भन्दै आफ्नो पुनस्र्थापनाका लागि ‘हार–गुहार’ गरेका छन ।