एमालेको खनाल–नेपाल पक्षधर संघका अध्यक्ष नरेश साहीले विज्ञप्ति जारी गर्दै ओली सरकार राष्ट्रवाद छ भन्नु भ्रम मात्र हो भनेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्षले ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ।
नेपाली कांग्रेसमा नयाँ सत्ता समीकरणको विषयलाई लिएर विवाद भएको छ । त्यस्तै केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग उठेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।"