गठबन्धनको विरोध गरेका ओली लोसपासँग गठबन्धनको कसरतमा
- रुपान्तरण
सत्तारुढ पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँड मिल्न नसकिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एमालेले गठबन्धन गर्न लागेको चर्चाकाबीच पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लोसपातर्फ इंगित गर्दै तालमेल हुन सक्ने संकेत गरे ।