चुनावी अभियानमा कांग्रेस
- रुपान्तरण
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आसन्न निर्वाचनको आन्तरिक तयारी थालेको छ । सोमबार शीर्ष नेताहरुबीच भएको चार घन्टा लामो बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।