सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति असंवैधानिक - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति असंवैधानिक


लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य महन्थ ठाकुरले जेन्जी आन्दोलनका क्रममा विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको मांगगर्नु भएकोछ । ‘जेन्जीका मांगहरुको समाधान निर्वाचित प्रतिनिधि सभाभित्रै नखोजेर प्रतिनिधि सभा नै किन बिघटन गरियो ?’ अध्यक्ष ठाकुरको प्रश्न थियो ।

संविधान र कानूनका ज्ञाता अध्यक्ष ठाकुरले जेन्जी आन्दोलनपछिको राजनीतिक अवस्थाका सम्बन्धमा रुचि श्रेष्ठका प्रश्नहरुको जवाफ दिदैं भन्नुभयो : जनताव्दारा निर्वाचित प्रतिनिधि सभा बिघटनगरेर बाहिरबाट प्रधानमन्त्री बनाउनु अवैध हो । यस्तो अवस्थामा नव नियुक्त प्रधानमन्त्रीले जे काम गरे पनि त्यो अवैध हुन्छ । बैध हुन सक्दैन । निर्वाचित प्रधानमन्त्रीले राजिनामा दिएका थिए । तर, अन्य सबै संसदीय संरचना त यथावत छँदैछ नि ।

अध्यक्ष ठाकुरसंगको बिस्तृत अन्तर्वार्ता : https://rupaantaran.com/news/2269