रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन नजिकीदैजाँदा हेभीवेट प्रतिष्पर्धाका रुपमा हेरिएको विराटनगर –६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डीतबीच प्रतिस्पर्धा हुनेभएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा.कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।""
मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रीत गर्दै भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन् ।"
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुमाथि निरन्तर खनिएका छन् । उनले मन्त्री बनाउने झुटो आश्वासन बाँड्दै हिँडेकोप्रति पनि कटाक्ष गर्न भ्याए ।
मेरा लागि यो अन्तिम चुनाव हो । पाँच वर्षपछि मलाई चुनाव लड्न मैदानमा आउनु छैन । राजनीतिक भविष्य आउने पुस्ताका लागि पनि सुनिश्चित गर्नुपर्छ,’ कांग्रेस नेतृ सुजाता कोइराला भन्दै थिइन् । उनको निर्वाचन क्षेत्र मोरङ–२ पुग्दा कोइरालालाई स्थानीय नेताहरूले घेरेका थिए । कोइराला प्रत्यक्षबाट चुनाव लड्न पहिलोपटक मोरङ झरेकी हुन् । तर, संसद् यात्रा उनको पहिलो भने होइन । ०७० को संविधानसभा सदस्य र ०७४ मा उनी समानुपातिक सांसद बनेर उनले संसद्को यात्रा गरिसकेकी छन् ।