रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बाँके २ यसकारण पनि महत्वपूर्ण क्षेत्र हो जहाँबाट निर्वाचित भएर प्रधानमन्त्री बने कांग्रेस सभापति सुशील कोइराला । यसैले पनि यस क्षेत्रलाई महत्वका साथ हेरिएको छ । यसपटक यस क्षेत्रबाट गठबन्धनले कांग्रेसका सुदीपनरसिंह राणालाई उम्मेदवार बनाएको छ । उनका प्रतिस्पर्धी छन् जसपाबाट पूर्वमन्त्री मोहम्मद इस्तियाक राई । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. धवलशम्सेर राणालाई मैदानमा उतारेको छ ।"
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् । उनले विहीबार सामाजिक सञ्जाल फेसबुकमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गरेका हुन् । उनले भने, ,‘निर्वाचनमा तपाईहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरुले सोचेर मतदान गर्नुपर्ने बताएका छन् । बुधबार साँझ आम मतदाताहरुको नाममा अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत मतदातालाई अपिल गरेका हुन् ।
नेपालले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको हो ।
नवलपुर १ मा चौथोपटक प्रतिस्पर्धा गर्न लागेका कांग्रेस नेता डा शशांक कोइरालालाई यसपटक थप अनुकूल अवस्था बनेको विश्लेषण गरिएको छ । अघिल्लोपटक वामगठबन्धन हुँदा समेत माओवादी केन्द्रका उम्मेदवारलाई उनले हराएका थिए । कोइरालाको व्यक्तित्व, कम्युनिस्ट दलमा विभाजन, गठबन्धन, स्थानीय तहको मत लगायतले उनलाई सहज अवस्था आएको कांग्रेसको बुझाई छ ।"
गृहजिल्ला भोजपुरबाट यसअघिका निर्वाचनमा सफलता हात पार्न नसकेका पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की अघिल्ल्लो चुनावमा सुनसरीबाट उदाए । तत्कालीन समयमा बाम गठबन्धनलाई तोड्दै कार्की पहिलोपटक जिल्ला परिवर्तन गरि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विथोल्ने क्रियाकलाप बढेपछि नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको छ । बिथोल्ने क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहमाथि गोप्य निगरानी बढाइएको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ ।