रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको राससलाई उधृत गर्दै विभिन्न संचारमाध्यमले समाचार सार्वजनिक गरेका छन् ।
मंसिर ४ गतेको निर्वाचन बहिष्कारको माग चर्किएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ । निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमै मात्र आचारसंहिता उल्लंघनका घटना भएको शनिबार सञ्चारकर्मीसँग कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभएको हो । बताएका हुन् ।
बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।
काठमाडौं । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ।
आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ ।