रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । आइतबार भएको मतदानको मतगणना चलिरहंदा ठूला र पुराना राजनीतिक दलहरु निकै ठूलो चुनौती खेपिरहेका छन् । किनकी प्रारम्भिक मतगणनाको रुझान हेर्दा अनपेक्षित परिणाम आउने संकेत देखिएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मुस्ताङमा क्लिन स्विप गरेको छ । कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिट जितेको हो ।
आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ।
देशभर प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपले भइरहँदा केही स्थानमा भने अप्रिय घटना भएका छन् । सिरहामा दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । आज आइतबार बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
फुटबलको महाकुम्भ फिफा विश्वकप आज आइतबारबाट सुरु हुँदैछ। मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजना गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताएका हुन् ।