रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटघाट गरेका छन् । नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन् ।
सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योतिको अगुवाइमा नेपालका ११ वटा शहरमा ‘बास्किन रोबिन्स’को १६ भन्दा बढी रिटेल आउटलेटको बजार व्यवस्थापन गरेको छ ।
नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन् ।
कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा गरिएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्रीसहित पूर्णरूपमा कांग्रेसले सरकार चलाउने दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको १२ औं बैठकले विद्यमान दुई सय ६४ सदस्सीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको हो ।"
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको ठाउँमा आफू भएको भए निवासमै पुगी गाला मुसारेर फकाउने बताएका छन् ।""
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई कारवाही गर्ने चेतावनी दिएका छन् ।