रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गरेका छन् ।
बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएलगत्तै नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ ।
प्रतिनिधिसभाको बैठकमा सत्तापक्षी र प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एवं सत्तापक्ष माओवादी केन्द्रका सांसदहरूले ओलीको राजीनामा माग गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले ओली समूहको बिहीबार सम्पन्न संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताएका छन् ।
नेकपा (एमाले)को खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गर्दै १७ बुँदे प्रस्ताव पारित गरेको छ ।