रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार पुगेको छ । निर्वाचन आयोगले पछिल्लो पटक थप भएका नयाँ मतदातासहित संख्या सार्वजनिक गरेको हो ।""""
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन् ।
नेकपा एमाले नेपाल–खनाल समूहले केपी ओलीको स्वेच्छाचारीताविरुद्ध संघर्ष थप अघि बढाउने भएको छ । राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्दै ओलीविरुद्ध शसक्त बन्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
चितवनको सौरहामा रहेको हात्ती प्रजनन् केन्दमा हात्तीका छावाहरुले पर्यटकहरुलाई निकै आकर्षित गर्ने गरेका छन् । २०४२ स्थापना गरीएको उक्त हात्ती प्रजनन् केन्द्रमा अहिले नौं वटा हात्तीका छावाहरु रहेका छन् ।""
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।
पार्टी मिलाउन भन्दै राष्ट्रिय एकता अभियान चलाइरहेको नेकपा एमालेका नेता बामदेव गौतमलाई पनि अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि आक्रोशित बनेका छन् । ओलीको एकल निर्णयबाट अन्य नेतासँगै बर्खास्तमा परेका गौतमले ओलीको कार्यशैलीले अराजकताको पराकाष्ठा नाघेको बताएका छन्"