रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ। नेपालमा सबैखाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको दाबी सरकारले प्रस्तुत गरेको हो।"
अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । वासिङटन डीसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्नेक्रममा गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको बताएका छन् ।
कोशी प्रदेश सरकार पुनः ढल्ने अवस्थामा पुगेको छ। मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिएमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने प्रस्ताव प्रदेशसभाबाट पारित भएसँगै सरकार ढाल्ने खेल अघि बढेको छ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख व्यापार गरेको छ । अष्ट्रेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने पहिलो नेपाली फिल्म पनि ‘महाजात्रा’ बनेको छ।
महत्वाकांक्षी लक्ष्यहरुका साथ सरकारले यही वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ। सरकार र निजी क्षेत्रको सहयोजनामा हुन लागेको सम्मेलनको तयारी अन्तिम चरणमा छ। इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सफल र प्रभावकारी बनाउन सरकारले अधिकतम मेहेनत गरिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुंगा–सिस्ने खोला सुरुङमार्ग छिचोलिएको छ। निर्माण सुरु भएको ५३ महिनापछि प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो।
संघीय संसदको हिउँदे अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारले मध्यरातदेखि संसदको चालु अधिवेशन अन्त्य गर्नेगरी सिफारिस गरेको थियो । राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन् । पुसमै सुरु हुनुपर्ने हिउँदे अधिवेशन झण्डै दुइमहिना पछि सुरु भएको थियो । राजकाजका लागि आवश्यक ठानिएका दर्जनौं विधेयक थाँती राखेर अधिवेशन अन्त्य हुँदैछ ।