रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
खको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, मा रहेको विन्द्रासैनी क्लवले ‘स्पिकर अफ चामुण्डाबिन्द्रासैनी–२०८०’ गर्ने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागिएकोे हो ।
सरकारको प्रभावकारिताको मूल्यांकन बजेट खर्चको आधारमा गर्ने कि ? सरकारका मन्त्रीहरुको भाषणका आधारमा गर्ने कि ? अहिलेसम्म भएका सामाजिक–सांस्कृतिक रुपान्तरणका आधारमा गर्ने कि ? देशको आर्थिक उत्पादन र रोेजगारीको हिसावमा गर्ने ? मेरो बिचारमा सरकारले मूलतः जनताको जीविकासंग जोडिएका कामलाई प्राथमिकता दिनु पर्दछ । जन–जीविका नै आजको मूल प्रश्न हो ।""
सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यावसायिक घराना चौधरी समूहका सदस्य अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका पूर्वकार्यकारी प्रमुख अजितनारायाण सिंह थापालाई चार दिन हिरासतमा लिएर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् ।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको बिफ्रिङ लिएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको सपरिवार हत्या भएको घटना स्मरण गरेका छन् । १९ जेठ २०५८ को शुक्रबार साँझ भएको राजपरिवारको हत्या काण्डसँग आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा शाहले गुनासो गरेका छन्। नागरिक अभिनन्दन ग्रहण बीरगंज पुगेका पूर्वराजा शाहले शनिबार उपस्थित मानिसहरुमाझ राजदरबार हत्याकाण्डपछि ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो’ भनेर गुनासो पोखे।
मीनकुमारी राणा प्रतिष्ठानले प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कार भक्तपुरका पाका नेता लेखनाथ न्यौपानेलाई प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा माघ २५ गत राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव रबि राणाले जानकारी दिए ।
लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ। ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ।
राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन्। १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको छ।