रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।
राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणामअनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन् । एक ठाउँमा माओवादी केन्द्रकी उम्मेदवार पराजित हुँदा एमालेकी उम्मेदवार विजयी भएकी छिन् ।
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।
काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ रोक लगाएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गरेसँगै व्यापारीहरु आक्रोशित भएका छन् ।
गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ। सोही अनुरुप विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ सुरु गरेको हो ।
भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरूमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितका व्यक्तिलाई दोषी ठहर गरेको हो ।
दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरुले मार्मिक प्रतिक्रिया दिएका छन् । वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिएका थिए । एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लिएको थियो।