रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पछिल्ला केही दिन काठमाडौं भृकुटीमण्डपको माहोल अलिक भिन्न छ । जहाँ तीन साता पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज र लघुवित्त पीडित जनताको क्रन्दन चर्को रूपमा सुन्न पाइन्छ । उनीहरू निरन्तर संघर्षमा छन् । सडक आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डकै एक किनारामा केही व्यक्ति आमरण अनसनमा छन् । उनीहरू कहिले माइतीघर मण्डला, कहिले रत्नपार्कको शान्तिवाटिकामा धर्नासँगै आमरण अनशनमा छन् ।"
राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् । आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो ।
भजन शिरोमणीका रुपमा चर्चित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह घरमै रहँदा अक्सिजन लेभल घटेपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।
फागुन ८ गतेदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको सातौ बैठक सम्पन्न भएको छ
नेपाली कांग्रेसको गोदावरीमा भएको महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।
तीन पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय एकमुष्ट सुनाइएको छ । मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउने निर्णय पनि गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो कुराको जानकारी दिएकी हुन् ।"
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । उनले सभापति देउवासँगको लामो समयको रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जनसहित सांगठनिक प्रस्ताव पेश गरेका हुन् ।"
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् । सोमबार ललितपुरको गोदावारी शुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए । उनले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे ।