रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारका विषयलाई लिएर वहस शुरु भएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अधिकांश सांसदहरुले अख्तियारको क्षेत्राधिकारका विषयमा प्रश्न उठाएका छन् ।
यही असोज ३० गतेदेखि हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि ९डेलिगेट्स० हरु नेपाल आउनेक्रम शुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि ब्यापक बढेको छ ।
सरकारले इजरायलमा १० जना नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० जना नेपालीहरूको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।"
दशैंमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरू भएको छ । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेका उनले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्दै उनले एक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाएका हुन् ।
द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ । सोसाइटीले ‘के सही भयो ?’ नेपालको जलविद्युत विकासमा दिगोपन विरुद्ध परनिर्भरता पुस्तकका लेखक प्राध्यापक मार्क लिक्टीलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।