रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्ता साझेदार दलहरुबीच भावी राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बाक्लो भेटले यसलाई थप पुष्टि गरिरहेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका दुई नेताको भेटलाई विभिन्न कोणबाट विश्लेषण पनि भइरहेको छ ।
सार्वजनिक विदा दिने विषयमा सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्येक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पृथ्वी जयन्तीका लागि पुस २७ गते र जनयुद्ध दिवसका लागि फागुन १ गतेको बिदा सरकारको वार्षिक क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको हो । यसो हुँदा २०८० सालदेखि दुई वटा बिदा थपिएको हो ।
सर्वोच्च अदालतले स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले निर्णयविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे केही दिनमै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए पनि सत्ता साझेदार दल एमाले राष्ट्रपति पद आफ्नो पोल्टामा पार्ने कसरतमा छ । राष्ट्रपति पदको उम्मेदवारका विषयमा सत्ता साझेदर दलहरुबीच कसैको पनि एकैखाले धारणा बनाइसकेका छैनन् । र सत्ता साझेदार दलहरुबाट एकल उम्मेदवार बन्ने सम्भावना पनि कमजोर देखिएको छ । जसका कारण सत्ता गठबन्धन संकटमा परेको छ ।
काठमाडौंमा शुरु भएको विश्वकप लिग–२ क्रिकेट श्रृंखलामा नेपालले सनसनीपूर्ण शुरुआत गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियामाथि २ विकेटको सनसनीपूर्ण जित हासिल गरेको हो । नेपालले एक दिवसीयमा पहिलो पटक नामिबियालाई जितेको हो ।
गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । यही अवधिमा सरकारले लिएको वैदेशिक अनुदान रू आठ अर्ब १२ करोड बराबर छ । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक तथा बाह्य ऋण र वैदेशिक अनुदान लिने गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागि परेको बताएका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक अवस्था फेरिन सक्ने उल्लेख गरे । अहिलेको सत्ता गठबन्धनलाई भत्काउन देश भित्र र बाहिरबाट खेल भइरहेको पनि ओलीको दाबी छ ।
यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् ।"