रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली यू–१९ क्रिकेट टिम विश्वकपमा पुगेको छ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई पराजित गरी नेपाल विश्वकपमा पुगेको हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधि सभामा विश्वासको मत लिने बताएका छन् ।
प्रदेश १ को नाम ‘कोशी प्रदेश’ वा ‘किराँत लिम्बुवान सगरमाथा प्रदेश’ राख्ने विषयमा सांसदहरु छिन्नभिन्न मात्र भएनन भावुक समेत हुन पुगेका छन् । सडकमा प्रदर्शन समेत भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेबाट मन्त्री भएकाहरूले राजीनामा दिएपछि उनीहरुले आठ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले पाएका हुन् ।
नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।
नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । एमालेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।"
राष्ट्रपतिको उम्मेदवारका विषयले नेपालको सत्ता राजनीतिको कोर्षमा पुनः परिवर्तन आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १२ गतेभित्र फेरि विश्वासको मत लिनुपर्ने अवस्था आइपरेको छ । यसका लागि उनी कानूनी परामर्शमा जुटेका छन् । फागुन १३ गते शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले त्यसको एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने भएको हो ।
अभिनेता पल शाह(पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । अदालतले उनीमाथि अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।