रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँमा खुशीयाली छ । पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनलाई चिन्नेहरु धेरै छन् ।
राष्ट्रपति पदका प्रतिस्पर्धी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । राष्ट्रपतिको विहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे ।
मुलुकको तेस्रो राष्ट्रपति बनेपछि रामचन्द्र पौडेललाई बधाईको ओहिरो लागेको छ । कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उनको सरल जीवनशैलीका बारेमा प्रसंसा पनि भइरहेको छ ।
विहीबार हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।
आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट मंगलबार दर्ता भएको छ । गत शुक्रबार सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न आदेश दिएपछि अदालतले मंगलबार द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहालविरुद्धको रिट निवेदन दर्ता गरेको हो । उक्त रिट निवेदनमाथि सुनुवाईको लागि बिहीबारका लागि पेशी तोकिएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद प्रतिनिधिसभा विजनेशविहीन बन्न पुगेको छ । नवनिर्वाचित सांसदहरु प्रतिनिधिसभामा प्रवेश गरेको तीन महिना भएपनि यो अवधिमा जम्मा दुई विधेयक मात्र दर्ता भएका छन् ।
यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आयोजक यूएईमाथि सनसनीपूर्ण शानदार जित हासिल गर्दैै नेपालले विश्वकप छनोटमा सिधै छानिने सम्भावना कायमै राखेको छ ।