रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मुलुकका सात वटै प्रदेश केन्द्रको प्रभावमा छन् । सरकार परिवर्तनको दबाबमा पनि छन् । ६ वटा प्रदेशमा फेरबदल भइसकेको छ । तर कोशी प्रदेश विशिष्टिकृत अवस्थामा गुज्रिरहेको छ । केन्द्रीय सत्ता टिकाउन साथ दिएका दलहरु कोशी प्रदेशका सवालमा अलमलमा छन् । निर्णय गर्न सकिरहेका छैनन् । सरकार ढाल्न मात्र होइन नयाँ सरकार बनाउन पनि सत्तापक्ष वा प्रतिपक्ष रहेका सबै दलहरुलाई अफ्ठयारो अवस्था छ ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका वसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।"
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा ७ मत परेको थियो । प्रदेश सभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो । २०७९ वैशाख १८ मा आइजी नियुक्त धीरजप्रताप सिंहले शुक्रबारबाट अवकाश पाएका छन् ।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले बुधबार एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम शुरु भएको घोषणा गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । तर अवस्था प्रधानमन्त्रीले चाहेजस्तो छैन । अहिलेसम्म दलहरुबीचको भागबण्डामा टुंगो नलागेको अवस्थामा शुक्रबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा शंका छ । सत्ताधारी गठबन्धनको बुधबार बेलुकी सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस निर्णय भएन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन् । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनको आधारमा महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्याधिवक्ताले उक्त निर्णय गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार विश्वासको मत लिँदै उनले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् ।