रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर २ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तिब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।
काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट फोहोर उठाउने काममा असहयोग भएको र सिंहदरबारको फोहोर नउठाउने बताएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारले असहयोग गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।
गृह मन्त्रालयले बाबुको पहिचान हुन नसकेको बच्चाका लागि मामाको थर राख्नसक्ने भनि यसअघि निर्माण गरेको परिपत्र सच्चाएको छ। विवादित भएपछि मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार सच्चाएर परिपत्र जारी गरेको हो। विभागले ‘मावली थर’ राख्ने भनि व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ राख्न सकिने भनेको छ।
बलात्कार आरोपमा मुछिएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।"
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोगेका छन् । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका हुन् ।
११ बुँदे घोषणापत्र जारी गर्दै तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन सकिएको छ । सहकारी अभियानले सदस्यको वचतको सुरक्षा गर्न र विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान संचालन गर्ने घोषणापत्रमा उल्लेख छ ।"
नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष विहीबार ज्ञापनपत्र पेस गरे ।