रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अमेरिकी राजदूत डीन आर थम्पसनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने प्रतिक्रिया दिएका छन् । उनले यस परियोजना अन्तर्गत अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको प्रष्ट पारे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको थियो ।"
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति कांग्रेसमा असन्तुष्टि देखिएको छ । चार जना नेताले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधमामन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डूबीच मर्जरपछि सोमबारबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठुलो वाणिज्य बैङ्क बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैङ्क देशकै सबैभन्दा ठुलो बैङ्क भएको हो ।
सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिनका लागि अन्तिम कसरत गरिरहेको छ । यही सिलसिलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कुनै समस्या नभएको बताएका छन् ।
प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । “सिङ्गो पार्टी एकताबद्ध र एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय