रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका उनी २० लाख धरौटी बुझाएर मुक्त भएका हुन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् ।
। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै कांग्रेस सत्तापक्ष वा प्रतिपक्ष भन्नेमा कानून व्यवसायीहरुको राय नै बाझिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर संविधानलाई र लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।
बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । तर उनलाई विदेश जान रोक लगाएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेट भयो । प्रधानमन्त्री र अध्यक्ष ओलीबीच मन्त्रिपरिषददाई पूर्णता दिने विषयमा छलफल भयो । तर कहिलेसम्म पूर्णता दिने भन्नेबारे निर्णय भएन । मन्त्रीहरुको भागवण्डा कसरी गर्ने भन्ने विषयमा पनि कुनै निष्कर्ष निस्केन ।
अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नैलाग्दा सातवटै प्रदेशले मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री नियुक्त भएपनि मन्त्रीमण्डल गठन हुन सकेको छैन । बुधबार मात्र चारवटा प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।
नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ ।