रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस अगाडि रहेको छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ ।
रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् । नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित भए । खाँण २ हजार ६८१ मतान्तरले पराजित भएका हुन् ।
यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो अवस्थामा छन । प्राप्त मत परिणामका आधारमा भावी सरकारको विषयमा सामान्य बहस आरम्भ भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोग अनुसार शुक्रबार बिहान १० बजेसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा एमाले शीर्षस्थानमा छ ।
पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् ।"
प्रतिनिधि सभाका तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।