रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर घटाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मौद्रिक निति सार्वजनिक गर्दै ब्याजदर थप नबढ्ने गरी बैंक तथा वित्तीय संस्थालाई तरलता प्रवाह गर्ने बताएका हुन ।
दोलखामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खनाललाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।"
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभातर्फको मत गणना जारी रहँदा सत्तारुढ गठबन्धनका नेताहरुले आपसी भेटघाटलाई तिब्रता दिएका छन् । १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइरहँदा भावी सरकार निर्माणको समीकरणबारे दलहरु छलफलमा जुटेका छन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गतको समानुपातिकतर्फ एमाले र कांग्रेसबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । एमालेले शुरुदेखि नै अग्रता लिइरहेको छ भने कांग्रेस पछ्याइरहेको छ ।
मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।"
प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ ।