रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
काठमाडौँ महानगरपालिकासँग ४ बुँदे सहमतिपछि अभियन्ता ईः भनिने इशान श्रेष्ठले बुधबार रातिदेखि आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् ।
साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहिन टुंगिएको छ । महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबीच मंगलबार अबेर रातिसम्म चलेको वार्ता बिना निष्कर्ष टुंगिएको वार्तामा हो ।"
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव गंगाधर गौतमले अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठ टीममा रहेका महासचिवका प्रत्यासी बुद्धि सागर सुवेदीलाई समर्थन गर्ने भएका छन् ।
आन्दोलनरत नेपाल राहत शिक्षकहरुले माइतीघर–बानेश्वर सडक खण्डमा सिट्ठी बजाएर प्रदर्शन गरेका छन् । राहत शिक्षकको आन्दोलनको क्रममा मंगलबार राहत शिक्षकद्वारा माइतीघर देखि बानेश्वर सडक खण्डमा सिट्ठी बजाएर आफ्नो मागहरूको नारा लगाउदै प्रदर्शन गरे ।
बेलायतको मिडल्यान्ड निवासी समाजसेवी दयानिधि सापकोटाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयाँ सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘एनआरएन द सिङगर’ मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने छ ।
नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।"